aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 
धर्म परिवर्तन गराउनेको विगविगि, प्रहरीले नियन्त्रण लिन खोजेपछि धर्म प्रचारको भागाभाग

धर्म परिवर्तन गराउनेको विगविगि, प्रहरीले नियन्त्रण लिन खोजेपछि धर्म प्रचारको भागाभाग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १४ बैशाख २०७६
धर्म परिवर्तन गराउनेको विगविगि, प्रहरीले नियन्त्रण लिन खोजेपछि धर्म प्रचारको भागाभाग

दाङ ।  क्रिस्चियन धर्म प्रचारप्रसारमा संलग्न भएको अरोपमा दुई विदेशीसहित घोराहीबाट बुधबार पाँच जना पक्राउ परे । अमेरिकी नागरिक सिनक्वान्टा ओलिएनमे, भारतीय नागरिक गौरव श्रीवास्वसहित पोखराका डिल्लीराम पौडेल, संखुवासभाका कुन्साङ तामाङ र नेपालगञ्जका प्रमोद काफ्लेलाई प्रहरीले ठुलो मात्रामा क्रिस्चियन धर्म प्रचार सामग्रीसहित नियन्त्रणमा लिएको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी बेलबहादुर पाण्डेका अनुसार प्रहरीले उनीहरुको साथबाट एक कार्टुन बाइबलल पैसा राखिएको खाम, दमका उपचार सामग्री, ल्यापटप पेनड्राइभलगायत सामग्री बरामद गयो ।

बिनाअनुमति नेपालमा आएर धर्मको प्रचारमा खटिएकी सिनक्वान्टालाई प्रहरीले आफ्नै रोहवरमा काठमाडौं अध्यागमन कार्यालय पठायो । नागरिक दैनिकबाट । 

प्रतिक्रिया दिनुहोस