सिन्धुली । नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभामा सिन्धुलीबाट खाता खोलेको छ । नेकपा माओवादीले सिन्धुली निर्वाचन क्षेत्र नम्बर-२ बाट प्रतिनिधिसभामा जित निकालेको छ । माओवादीका लेखनाथ दाहाल ‘राजन’ विजयी भएका हुन् ।
माओवादीका दाहालले २७ हजार ५१७ मत ल्याएर विजयी भएका छन् । त्यस्तै, उनका प्रतिस्पर्धी एमालेका मनोजजंग थापाले २१ हजार ६८७ मत ल्याएका छन । सिन्धुलीमा पनि राष्ट्रिय स्वतन्त्र पार्टीका अनोजकुमार दाहालले १५५३, राप्रपाका भिष्मराज श्रेष्ठले १३४० मत ल्याए ।
प्रतिक्रिया दिनुहोस