aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

कैलालीका सबै क्षेत्रमा रेशमको पार्टीले विजयी हासिल गर्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०७ मंसिर २०७९
कैलालीका सबै क्षेत्रमा रेशमको पार्टीले विजयी हासिल गर्यो

कैलाली । नागरिक उन्मुक्ति पार्टीले कैलालीका तीन वटौ क्षेत्रमा जिते निकालेको छ । रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मूक्ति पार्टीले कैलालीमा यसअघि प्रतिनिधि सभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी निर्वाचित भइसकेका छन् ।

दुबै प्रदेश सभामा पनि नागरिक उन्मुक्तिका उम्मेदवार विजयी भएका छन् । प्रदेश सभातर्फको (१)मा घनश्याम चौधरी १३ हजार ९२३ मत ल्याएर विजयी भएका छन् । 

प्रदेश सभातर्फको (२)मा खुशीराम चौधरी ७ हजार ५३९ मतले विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका अमर साउँद ६ हजार ६१९ मत ल्याएका थिए ।

प्रतिक्रिया दिनुहोस