aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

बालेनको झल्को दिने २७ वर्षीय सोविता गौतममा त्यस्तो के छ क्षमता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०७ मंसिर २०७९
बालेनको झल्को दिने २७ वर्षीय सोविता गौतममा त्यस्तो के छ क्षमता


 काठमाडौं। काठमाडौं क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सोविता गौतम निर्वाचित भएकी छन् । बुधवार बिहान सकिएको मत गणनामा गौतम १५ हजार २२९ मतका साथ निर्वाचित भएकी हुन्। 

हेभिवेट र पुराना नेताहरूलाई हराएर जित निकाल्न सफल सोबिता गौतमले उनका निकटतम प्रतिद्वन्द्वी एमालेका मणिराम फुयाँललाई ३ हजार ६ सय ७४ मतान्तरले पछि पर्दै निर्वाचित भएकी हुन्।

अहिले राष्ट्रिय स्वतन्त्र पार्टी प्रति देखिएको आकर्षणले मात्रै उनले यो जित निकालेकी भने  होइनन्। मीठो बोली र कमाण्डिङ शैलीका कारण सामाजिक सञ्जाल, टिकटक, फेसबुक तथा ट्विटरमा उनको ठुलो आकर्षण थियो। टेलिभिजन कार्यक्रम निर्माता, प्रस्तोता र अधिवक्ता समेत रहेकी  गौतममा तर्क राखेर बोल्न सक्ने क्षमता भएका कारण  काठमाडौंका मतदाताले उनलाई निकै नै कौतुहलताका साथ हेरिरहेका थिए । 

निर्वाचन आयोगले दिएको जानकारी अनुसार यो निर्वाचनमा संसद यात्रा गर्ने उनी सबैभन्दा कान्छी सांसद बनेकी छन्। २७ वर्षीय सोविताले प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि सामाजिक संजाल ट्वीटरमा लेख्दै उनले आफ्नो तथा पार्टीको घोषणापत्रमा उल्लेख गरेबमोजिमका बाचा पूरा गर्न, लोकतन्त्रलाई सुदृढ बनाउन अनि समाजमा शान्ति, समता तथा न्याय स्थापित गर्नमा आफूले अबको पाँच वर्ष लगाउने प्रतिबद्धता समेत व्यक्त गरेकी छिन् ।

उनले लोकतान्त्रिक व्यवस्थाको पहिलो हुने निर्वाचित हुने प्रणालीमार्फत आफू अन्य प्रतिस्पर्धीभन्दा केही बढी मत ल्याएर निर्वाचित भएको उल्लेख गरेकी छन् । अब्बल प्रतिस्पर्धाका लागि प्रतिस्पर्धीहरूलाई बधाई दिँदै उनीहरूले उठाएका महत्त्वपूर्ण सवाललाई संसद्मा पैरवी गर्ने विश्वास व्यक्त गरेकी छिन् ।

उनी नेपालको ८० वर्षको भविष्य देख्न र कोर्ने चाहना व्यक्त गरेकी छन् । युवाको काँधमा नेपालको राजनीति आइसकेको बताउने गौतम देशलाई परिवर्तन गर्ने बेला आइसकेको धारणा राखिन् । ‘यो क्षेत्रले राष्ट्रपति र प्रधानमन्त्री बनाएको छ । अहिले एक महिलालाई जिताएको छ । यो महिलाले इतिहास रच्छ, हेर्दै गर्नुहोला,’ उनले भनिन् । 

प्रतिक्रिया दिनुहोस