aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

गोकर्ण विष्टले चुनाव जितेपछि के भने ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०७ मंसिर २०७९
गोकर्ण विष्टले चुनाव जितेपछि के भने ?

काठमाडौं । गुल्मी–२ बाट लगातार तीनवटा प्रतिनिधिसभा सदस्यमा निर्वाचित गोकर्ण बिष्टले आफूलाई अझ गम्भिर भएर जनताको पक्षमा लाग्ने प्रेरित गरेको बताएका छन् । उले नेकपा एकीकृत समाजवादीकी नेतृ तथा पूर्वमन्त्री रामकुमारी झाँक्रीलाई दुई हजारभन्दा बढी मतान्तरले पराजित गर्दै जित निकालेका हुन् ।

चुनाव जितेपछि प्रतिक्रिया दिंदै विष्टले  देश र जनताप्रति इमान्दारीपूर्वक कर्तव्य निर्वाह गर्ने तर्फ लाग्ने बताए । जनताका अपेक्षा पूरा गर्न सही ढंगले अगाडि बढ्ने भन्दै उनले यो निर्वाचनको परिणामले विगतमा जिल्लाको विकास र समृद्धिका लागि गरेका प्रतिबद्धतालाई अझ प्रभावकारी बनाउँदै पूर्णता दिने बताए ।


 

प्रतिक्रिया दिनुहोस