aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

गोरखा २ मा प्रचण्डले जित्ने निश्चित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०७ मंसिर २०७९
गोरखा २ मा प्रचण्डले जित्ने निश्चित

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोरखा–२ बाट जित्ने निश्चित भएको छ । उनले आफ्नो प्रतिद्धन्दीलाई फराकिलो मतान्तरले आफ्नो मत बढाएकाले उनको जित निश्चित देखिएको हो । अहिलेसम्म प्रचण्डले २१ हजार ७४ मत ल्याएका छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले ८ हजार ४ सय ६३ मत ल्याउँदा तेस्रो स्थानमा एमालेका अब्दुस मियालाई ५ हजार ६ सय ३७ मत आएको छ ।दोस्रो स्थानमा रहेका बुर्लाकोटीसँग प्रचण्डको मतान्तर १२ हजार ६ सय ११ मात्रै भएकाले बाँकी मत जता गए पनि प्रचण्डको जित निश्चित जस्तै छ । 

प्रतिक्रिया दिनुहोस