aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

झापा–१ बाट महामन्त्री शर्मा विजयी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०७ मंसिर २०७९
झापा–१ बाट महामन्त्री शर्मा विजयी

झापा । झापा क्षेत्र नं १ मा प्रतिनिधिसभामा वाम गठबन्धनतर्फका नेपाली कांग्रेसका उम्मेदवार विश्वप्रकाश शर्मा फराकिलो मतान्तरले विजयी भएका छन । नेकपा (एमाले)का उम्मेदवार अग्नि खरेललाई १४ हजार दुई सय ७५ मतले पछि पार्दै शर्मा विजयी भएका हुन ।

  शर्माले ३९ हजार छ सय २४ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी खरेलले २५ हजार तीन सय ४९ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत टङ्कबहादुर महतले जानकारी दिनुभयो । शर्मा नेपाली कांग्रेसका महामन्त्री हुनुहुन्छ भने खरेल नेकपा एमालेका स्थायी कमिटी सदस्य छन । 

प्रतिक्रिया दिनुहोस