काठमाडौं । नेपाली काँग्रसका वागमती प्रदेश सभापति तथा मकवानपुर क्षेत्र नम्बर–२ को प्रदेशसभा (ख) का उम्मेदवार इन्द्रबहादुर बानिया विजयी भएका छन् । उनले नेकपा एमालेका उम्मेदवार लालबहादुर थापालाई पराजित गर्दै गठबन्धनका उम्मेदवार विजयी भएका हुन ।
बानियाले १८ हजार ७ सय १६ मत ल्याउँदा उनका प्रतिद्धन्दी थापाले १६ हजार ९३४ मत ल्र्याएका थिए । थापालाई १ हजार ७ सय ८२ मतान्तरले बानियाले परास्त गरेका हुन ।
यस क्षेत्रका अन्य उम्मेदवारहरूको मत विवरण आउन बाँकी रहेको छ । जम्मा ४० हजार ५ सय ९९ मत खसेको थियो । बानिया २०७४ को चुनावमा पनि यही क्षेत्रबाट १९ हजार २४५ मतका साथ निर्वाचित भएका हुन ।
प्रतिक्रिया दिनुहोस