काठमाडौं । भक्तपुर २ मा नेकपा एमालेका उम्मेदवार महेश बस्नेतलाई हराउँदै नेपाली काँग्रेसका उम्मेदवार दुर्लभ थापा विजयी भएका छन् । थापा प्रतिनिधिसभा सदस्य उम्मेदवारमा विजयी भएका हुन् ।
सत्ता गठबन्धनका साझा उम्मेदवार थापाले २३ हजार ५० मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका नेता महेश बस्नेतले २२ हजार २७३ मत पाए । नेमकिपाकी अनुराधा थापा मगरले ६ हजार ४१२, राष्ट्रिय स्वतन्त्र पार्टीका साजन विकले ३८२८ र राप्रपाका मोहन केसीले २४५६ मत पाएका छन् ।
प्रतिक्रिया दिनुहोस