aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

माओवादी महासचिव देवप्रसादलाई हराउदै एमालेका गुरुङ निर्वाचित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०८ मंसिर २०७९
माओवादी महासचिव देवप्रसादलाई हराउदै एमालेका गुरुङ निर्वाचित

काठमाडौं । नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङलाई ३ हजार १८८ मतले पराजित गर्दै नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ लमजुङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

निर्वाचित गुरुङले ३४ हजार ९६९ र निकटतम प्रतिस्पर्धी गुरुङले ३१ हजार ७८१ मत पाएका थिए । लमजुङमा कूल १ लाख ३३ हजार ५५९ मतदातामध्ये ८० हजार १९२ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस