aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 
निर्वाचन २०७९ अपडेट

हालसम्म ६५ स्थानको निर्वाचन परिणाम सार्वजनिक, कुन स्थानमा कुन पार्टीको कसले जिते ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०८ मंसिर २०७९
हालसम्म ६५ स्थानको निर्वाचन परिणाम सार्वजनिक, कुन स्थानमा कुन पार्टीको कसले जिते ?

काठमाडौं । प्रतिनिधिसभाको जारी मतगणनामा विहीबार विहानसम्म ६५ सिटको अन्तिम परिणाम सार्वजनिक भएको छ। सार्वजनिक भएको मतपरिणामअनुसार अहिलेसम्म सबभन्दा धेरै सिट नेपाली कांग्रेसले जितेको छ। कांग्रेसले २६ सिट जित्दा नेकपा एमाले १४ स्थानमा जितेर दोस्रो स्थानमा छ। माओवादी केन्द्रले ७ क्षेत्रमा जित हात पारेको छ भने नेकपा एकीकृत समाजवादीले ६ र राष्ट्रिय स्वतन्त्र पार्टीले ४ क्षेत्रमा जित हासिल गरेका छन।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले २ सिट र नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले एक(एक ठाउँ जित निकालेका छन्। यसबाहेक एक स्वतन्त्र उम्मेदवार विजयी भएका छन्।

नेपाली कांग्रेस, डडेल्धुरास् शेरबहादुर देउवा, प्रकाशमान सिंह काठमाडौं १, काठमाडौं३  सन्तोष चालिसे, काठमाडौं ४ गगन थापा, काठमाडौं ५ प्रदीप पौडेल,  काठमाडौं १० राजन केसी, भक्तपुर २ दुर्लभ थापा, मनाङ टेकबहादुर गुरूङ, मुस्ताङ,योगेश गौचन, ललितपुर १ उदयसम्शे राणा,  तनहुँ २ शंकर भण्डारी, सुर्खेत २  हृदयराम थानी, पर्सा ४  रमेश रिजाल, रसुवास् मोहन आचार्य, ओखलढुंगास् रामहरि खतिवडा, झापा १ विश्वप्रकाश शर्मा, पर्सा २ अजयकुमार चौरसिया,  अछाम २  पुष्प शाह, कञ्चनपुर ३ रमेश लेखक, दार्चुला दिलेन्द्रप्रसाद बडू, कैलाली ४ वीरबहादुर बलायर, गोरखा १ राजेन्द्र बजगाइँ, म्याग्दी खमबहादुर गर्बुजा,३० कञ्चनपुर २ एनपी साउद, दैलेख २ दिक्पालकुमार शाही रहेका छन् । 

 नेकपा एमाले ललितपुर २  प्रेमबहादुर महर्जन, काठमाडौं ९ कृष्णगोपाल श्रेष्ठ, उदयपुर २ डम्बरबहादुर रायमाझी,गुल्मी २ गोकर्ण बिष्ट, ताप्लेजुङ योगेश भट्टराई, झापा ५  केपी ओली, झापा २ देवराज घिमिरे, पर्सा ३ राजकुमार गुप्ता,अर्घाखाँची टोपबहादुर रायमाझी,  प्यूठान सूर्य थापा,  लमजुङ पृथ्वीसुब्बा गुरूङ,  मकवानपुर २ महेशकुमार बर्तौला, कास्की २ विद्या भट्टराई जितेका छन् । 

माओवादी केन्द्र  गोरखा २ पुष्पकमल दाहाल (प्रचण्ड) सिन्धुली २ लेखनाथ दाहाल, रूकुम पूर्व पूर्णबहादुर घर्ती, बाग्लुङ २ देवेन्द्रराज पौडेल, सिन्धुपाल्चोक १ माधव सापकोटा (सुबोध), रोल्पा  वर्षमान पुन , जाजरकोट शक्ति बस्नेतले जितेका छन् । त्यस्तै, नेकपा (एकीकृत समाजवादी) अछाम २ शेरबहादुर कुँवर, बारा ४ कृष्णकुमार श्रेष्ठ (किसान), बझाङ भानुभक्त जोशी, डोटी प्रेम आले, दैलेख १ अम्मरबहादुर थापा,  सल्यान प्रकाश ज्वालाले जितेका छन् । 

त्यस्तैm राष्ट्रिय स्वतन्त्र पार्टी काठमाडौं ८  विराजभक्त श्रेष्ठ, काठमाडौं २ सोविता गौतम, काठमाडौं ७ गणेश पराजुली, काठमाडौं ६ शिशिर खनाल छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट १० बाँके २ धवलशमशेर राणा,  जुम्ला ज्ञानेन्द्र शाही, नागरिक उन्मुक्ति पार्टीबाट कैलाली १ रञ्जीता श्रेष्ठ,  कैलाली ३ गंगाराम चौधरी, जनमत पार्टीबाछ  सप्तरी २ सिके राउत, जनता समाजवादी पार्टी (जसपा) बाट  पर्सा १ प्रदीप यादव, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट रूपन्देही ४ सर्वेन्द्रनाथ शुक्ला, राष्ट्रिय जनमोर्चाबाट  बाग्लुङ १  चित्रबहादुर केसी, स्वतन्त्रका  बर्दिया २ लालवीर चौधरी रहेका छन् । 

प्रतिक्रिया दिनुहोस