मोरङ्ग । मोरङ्ग क्षेत्र नम्बर ३ मा पूर्व स्वास्थ्य मन्त्री भानुभक्त ढकालले मेडिकल कलेज सञ्चालक डा.सुनिलकुमार शर्मा र नेपाली चलचित्रकी नायिका रेखा थापाको रोमाञ्चक भिडन्त चलिरहेको छ । हालसम्म ४६ हजार ५ सय ८२ मत गणनाहुँदा नेपाली कांग्रेसका डा. सुनिल शर्माले आफ्नो अग्रता कायमै राखेका छन्।
शर्माले २२ हजार ७ सय ५५ मत ल्याउदा दोस्रो स्थानमा रहेका एमालेका ढकालले १२ हजार ९ सय ८४ मत ल्याएका छन् भने राप्रपाकी रेखा थापाले ४ हजार ९ सय २५ मत प्राप्त गरेकी छिन् । ढकाल भन्दा सुनिल कुमार शर्मा ९ हजार ७ सय ७१ मतले अगाडि रहेका छन् ।
प्रतिक्रिया दिनुहोस