काठमाठौं । रुपन्देही निर्वाचन क्षेत्र नम्बर–१ मा नेकपा (एमाले)का उमेदवार छविलाल विश्वकर्मा आठ हजार ४०२ मत ल्याउँदै अग्रस्थानमा छन् । दोस्रो स्थानमा रहेका स्वतन्त्र उमेदवार घनश्याम भुसालले ६ हजार ८५३ मत पाएका छन् ।
यस्तै, अर्का नागरिक उन्मुक्ति पार्टीका उमेदवार धनीराम चौधरीले पाँच हजार ४०७ मत ल्याएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार नरेशबहादुर पछाई क्षेत्री ४ हजार ५०० मतसहित चौथो स्थानमा छन् ।
प्रतिक्रिया दिनुहोस