aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

कमल थापालाई फापेन सूर्य

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०८ मंसिर २०७९
कमल थापालाई  फापेन सूर्य

काठमाडौं । मकवानपुर क्षेत्रनम्बर १ बाट एमालेको चुनाव चिन्ह सापट लिएर चुनाव लडेका कमल थापालाई सूर्य चुनाव चिन्ह फावेको छैन । उनी  नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय (डिना)ले अग्रता लिइरहेकी छन् । डिनाले २० हजार ९७० मत पाउँदा थापाले १९ हजार ९१८ मत मात्रै पाएका छन् ।

थापाले सामाजिक सन्जालमार्फत् आफूले हार स्वीकारेको जनाएका छन् । सूर्य चिह्न लिएर चुनाव लड्ने अवसर दिएको भन्दै उनले एमालेलाई धन्यवाद पनि भनेका छन् ।नेकपा एमालेको चुनाव चिह्न लिएर प्रतिनिधि सभा चुनाव लडेका राप्रपा नेपालका कमल थापाले आफ्नो हार स्वीकार गरेका छन् ।  
 

प्रतिक्रिया दिनुहोस