भक्तपुर । भक्तपुर क्षेत्र नम्बर १ मा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले आफ्नो सिट सुरक्षित गरेको छ । नेमकिपाका प्रेम सुवाल भारी मतान्तरले विजयी भएका छन्। अन्तिम मतपरिणाम अनुसार सुवाल ३० हजार बढी मतान्तरले विजयी भएका हुन्। अघिल्लो २०७४ सालको निर्वाचनमा पनि यो क्षेत्रमा नेमकिपाका सुवाल नै विजयी भएका थिए।
सुवालले ४२ हजार ७६१ मत पाउँदा नेकपा एमालेका नवराज गेलालले ११ हजार ९६८ मत प्राप्त गरेका छन्। यस्तै राप्रपाका भरतबहादुर खड्का ९ हजार ३०३ मतसहित तेस्रो भएका छन्।
प्रतिक्रिया दिनुहोस