aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

चितवन २ मा ३१ हजारभन्दा बढीको रविको अग्रता हुँदा गन्न बाँकी ५ हजार मात्रै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०८ मंसिर २०७९
चितवन २ मा ३१ हजारभन्दा बढीको रविको अग्रता हुँदा गन्न बाँकी ५ हजार मात्रै

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन क्षेत्र नम्बर २ बाट जित्ने निश्चित भएको छ। उनले हालसम्म ७९ हजार २ सय १५ मत गणना हुँदा लामिछानेले ४५ हजार ९ सय ३४ मत प्राप्त गरिसकेका छन्। उक्त क्षेत्रमा ८४ हजार ३ सय १७ जनाले मतदान गरेका छन् ।  

उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेश श्रेष्ठले १४ हजार ४ सय ६ र नेकपा एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ५४ मत प्राप्त गरेका छन्। रवि श्रेष्ठभन्दा ३१ हजार ५ सय २८ भोटले अघि छन्। गणना गर्न बाँकी  ५ हजार १०२ भन्दा उनले बनाएको अग्रता बढी भएसँगै जित निश्चित भएको हो।

प्रतिक्रिया दिनुहोस