aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

पूर्वअर्थमन्त्री चिदम्बरमलाई जमानतमा रिहा गर्न अदालतद्वारा अस्वीकार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०९ भदौ २०७६
पूर्वअर्थमन्त्री चिदम्बरमलाई जमानतमा रिहा गर्न अदालतद्वारा अस्वीकार

 नयाँ दिल्ली । भारतका पुर्व अर्थमन्त्री पि चिदम्बरमलाई जमानतमा रिहा गर्न भारतीय अदालतले अस्विकार गरेका छन् । भ्रष्टाचार सम्वन्धी मुद्धामा अनुसन्धानका लागि पक्राउ परेका चिदम्बरमलाई सोमबार रिहा गर्न अदालतले अस्वीकार गरेको हो ।     
     
यससँगै हिरासतबाट मुक्त हुन चिदम्बरमले गरेको प्रयास असफल भएको छ । केन्द्रीय अनुसन्धान विभाग (सिआईबी)ले सोधपुछका लागि भन्दै केही दिन अगाडि उहाँलाई पक्राउ गरेको थियो । उहाँलाई अघिल्लो हप्ता पाँच दिनका लागि थुनामा राखेर अनुसन्धान गर्ने आदेश अदालतले दिएको थियो ।     
     उहाँ भारतीय काङ्ग्रेसको नेतृत्वको सरकारमा भारतको गृहमन्त्री बन्नुभएको थियो । संचार सेवासम्वन्धी एउटा परियोजनामा अनियमितता गरेको आरोप उहाँमाथि लगाइएको छ ।  उहाँ भारतको प्रमुख विपक्षी दल भारतीय राष्ट्रिय काँग्रेसका वरिष्ठ नेता र बहालवाला सांसद पनि हुनुहुन्छ । सिन्ह्वा      
     
  

प्रतिक्रिया दिनुहोस