सुनसरी । पूर्व उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदार सुनसरी क्षेत्र नम्बर ३ मा पछि परेका छन् । नेपाली कांग्रेसका विजयकुमार गच्छदार झन्डै २५ सय मतलेपछि परेका हुन। गच्छदारले ३ हजार ८९० मत ल्याउँदा नेकपा एमालेका भगवती चौधरी ६ हजार ३७० मत ल्या्रएर अग्रता लिइरहेकी छिन्।
यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका कमलबाबु मैनाली ४ हजार ११४ मतसहित दोस्रो स्थानमा छन्। अघिल्लो निर्वाचनमा यो क्षेत्रबाट कांग्रेसका गच्छदार विजयी भएका थिए।
प्रतिक्रिया दिनुहोस