aarthiknews.com सोमबार, २० जेठ २०८२   Monday, 02 June, 2025
 

धरौटिमा रवि लामिछानेसहित तीनै जना छुटे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०९ भदौ २०७६
धरौटिमा रवि लामिछानेसहित तीनै जना छुटे

काठमाडौं । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणको आरोपमा पक्राउ परेका रवि लामिछाने, युवराज कँडेल र नर्स अस्मिता कार्की  धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।

सोमबार जिल्ला अदालत, चितवनका न्यायधीश हेमन्तप्रकाश रावलको इजलासले आत्महत्या दुरुत्साहन गरेको कसूरमा रवि लामिछानेलाई ५ लाख युवराज कँडेललाई ३ लाख धरौटी लिएर तीनै जनालाई छाड्न आदेश दिएको हो ।

यसअघि जिल्ला प्रहरी कार्यालय, चितवनले १० दिनसम्म अनुसन्धान गरेर आइतबार रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको थियो ।

आत्महत्या गर्नुपूर्व उनले लामिछाने, कँडेल र कार्कीका कारण आफू मर्न बाध्य भएको भन्दै आफ्नो मोबाइलमा रेकर्ड गराएको भिडियो बाहिरिएपछि प्रहरीले ३० साउनमा तीनैजनालाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस