aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

धनकुटाबाट सूर्यबहादुर थापाको छोराको पराजय

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०८ मंसिर २०७९
धनकुटाबाट सूर्यबहादुर थापाको छोराको पराजय

काठमाडौं । धनकुटा क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्‍यका लागि नेपाली काँग्रेसबाट उम्मेदवार बनेका स्वः सूर्यबहादुर थापाका छोरा सुनिलबहादुर थापा पराजित भएका छन् । उनी नेकपा एमालेका उम्‍मेदवार राजेन्द्र कुमार राईबाट पराजित भएको हुन । राईले कांग्रेसका उम्‍मेदवार थापालाई १ हजार ३८७ मतान्तरले निर्वाचित भएका हुन् ।

राईले ३० हजार १०१ मत ल्याउँदा थापाले २८ हजार ७०४ मत ल्‍याएका छन् । उक्त स्थानमा स्वतन्त्र उम्‍मेदवार हेमराज भण्डारीले ५ हजार ९२६, राष्ट्रिय प्रजातन्त्र पार्टीका कुमारबहादुर थापाले १ हजार ५९ मत ल्याएका छन् ।  

प्रतिक्रिया दिनुहोस