काठमाडौं । स्वः खुमबहादुर खड्काका छोरा अनुराग खड्का दाङ क्षेत्र नम्बर १ प्रदेशसभा २ बाट निर्वाचित भएका छन् । उनी नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार रहेका थिए । उनले एमालेका उम्मेदवार कुलबहादुर केसीलाई ३ हजार ५२ मतले पछि पार्दै जित निकालेका हुन। खड्काले १६ हजार २२२ मत ल्याउदा केसीले १३ हजार १७० मत ल्याए ।
प्रतिक्रिया दिनुहोस