aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

समानुपातिक मतगणना जारीः एमालेले ६ लाख कटायो, अन्यको कति पुग्यो ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०८ मंसिर २०७९
समानुपातिक मतगणना जारीः एमालेले ६ लाख कटायो, अन्यको कति पुग्यो ?

काठमाडौं  । आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मत परिणामअनुसार प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा (एमाले) अग्रस्थानमा छ । निर्वाचन आयोगको आज दिउँसोसम्मको मतपरिणाम विवरणानुसार एमालेले ६ लाख ३ हजार ७ सय ८ मत प्राप्त गरेको छ ।

दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ५ लाख ७२ हजार ६९८ मत प्राप्त गरेको छ । तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिकतर्फको मत सङ्ख्या ३ लाख ९ हजार ६७ रहेको छ ।

यस्तै नेकपा (माओवादी केन्द्र)को २ लाख ७८ हजार ६२, राष्ट्रिय प्रजातन्त्र पार्टीको १ लाख ६८ हजार ८११, जनता समाजवादी पार्टी नेपालको ७५ हजार ७८७ छ सय ८८, नेपाल मजदुर किसान पार्टीको ५१ हजार दुई सय ३६, जनमत पार्टीको ४५ हजार छ सय ४१ रहेको छ । 

त्यस्तै, नागरिक उन्मुक्ति पार्टीको ३८ हजार सात सय २४, नेकपा (एकीकृत एकिकृत समाजवादी) को ३६ हजार चार सय सात, लोकतान्त्रिक समाजवादी नेपालको ३१ हजार आठ सय ८६, हाम्रो नेपाली पार्टीको २१ हजार सात सय ३० मत रहेको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस