काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले दिएको टिकट खल्तीमा राखेर रौतहट क्षेत्र नम्बर-३ बाट स्वतन्त्र उम्मेदवारी दिएका पूर्व माओवादी नेता प्रभु साह निर्वाचित भएका छन् ।
साहले स्वतन्त्र उम्मेदवार ओमप्रकाश जयसवाललाई ७ हजार २३७ मतान्तरले हराउँदै निर्वाचित भएका हुन् । साहले ३२ हजार ४३७ मत पाउँदा उनका प्रतिस्पर्धी जयसवालले २५ हजार २०० मत ल्याए । यस्तै माओवादी केन्द्रका उम्मेदवार रविन्द्र पटेलले ३ हजार ६५८ मत पाए ।
प्रतिक्रिया दिनुहोस