काठमाडौं । नेपाली काँग्रेसले उपेक्षा गरेर टिकट नदिएको डा.अमरेशकुमार सिंहलेसर्लाही क्षेत्र नम्बर(४ बाट निर्वाचन जितेका छन् । नेपाली कांग्रेसबाट कारबाहीमा परेका सिंहले काँग्रेसका आधिकारीक उम्मेदवारलाई हराएका छन् ।
माछा चुनाव चिन्ह लिएर निर्वाचन लडेका सिंहले कांग्रेका आधिकारिक उम्मेदवार नागेन्द्र कुमाललाई झिनो मत अन्तरले पराजित गरेका हुन् । सिंह १७ हजार ७६८ मत ल्याउदा कुमालले १६ हजार २२८ मत ल्याएका छन् । गत वैशाखमा भएको स्थानीय तह चुनावमा अन्तर्घात गरेको भन्दै सिंहलाई कांग्रेसले कारबाही गरेको थियो ।
प्रतिक्रिया दिनुहोस