aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

जाने हैन त सवारीको कुम्भ मेला

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १० भदौ २०७६
जाने हैन त सवारीको कुम्भ मेला

काठमाडौँ । आज (मंगलबारं) बाट १४ औँ संस्करणका रूपमा नाडा अटो सो सुरु हुँदै छ। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा हुने सोमा यस क्षेका १ सय ६० वटा स्टल राखिएको छ । सो सुरु हुने औपचारिक कार्यक्रमको उद्घाटन अर्थमन्त्री युवराज खतिवडाले गर्दै छन् । 

यो पटकको मेलाको व्यवस्थापन पक्षलाई बलियो र व्यवस्थित बनाइएको एसोसिएसनले जनाएको छ । प्रदर्शनीस्थलमा अवलोकनकर्ताको सुविधाका लागि अस्थायी आकाशे पुल निर्माण गरिएको छ। जसले अवलोकनकर्तालाई आवत जावतमा सजिलो हुने नाडाले जनाएको छ। आइतबारसम्म चल्ने मेलामा ७५ हजार दर्शकले अवलोकन गने दाबी आयोजकको छ। सोमा नयाँ ब्रान्ड मुख्य आकर्षण बन्ने नाडा अटो सो-२०१९ का संयोजक निराकर श्रेष्ठले बताए।
'मेलाको सबै तयारी सकिएको छ मगलबार बिहान उद्घाटन गर्न मात्र बाँकी छ' संयागजक श्रेष्ठले भने 'तर पानी परेर केहिी समस्या होला कि भन्ने डर छ ।' यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस