aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

नेपालका एक मात्र डलर अर्बपतिले पनि चुनाव जिते

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०९ मंसिर २०७९
नेपालका एक मात्र डलर अर्बपतिले पनि चुनाव जिते

काठमाडौं । नेपालका एकमात्र  डलर अर्बपति  तथा चौधरी ग्रुपका अध्यक्ष विनोदकुमार चौधरी नवलपरासी (बर्दघाट सुस्तापश्चिम)(१ को प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका चौधरीले जनता प्रगतिशील पार्टी नेपालका उम्मेदवार हृदयेश त्रिपाठीलाई सात हजार एक सय ७८ मतान्तरले विजयी भएका हुन  । 

जिल्ला निर्वाचन अधिकृत सुजाता खत्रीका अनुसार कांग्रेस उम्मेदवार तथा उद्योगपति चौधरी २९ हजार चार सय ९५ मत ल्याएर विजयी भए । त्रिपाठीले भने २२ हजार तीन सय आठ मत प्राप्त गरेका छन । संविधानसभाको पहिलो निर्वाचन २०६४ मा नेपाल कम्युनिष्ट पार्टी एमालेबाट राजनीतिमा प्रवेश गरेका चौधरी संसदीय निर्वाचन २०७४ मा समानुपातिकतर्फबाट नेपाली काँग्रेसबाट संसद् प्रवेश गरेका थिए ।  

पश्चिम नवलपरासी–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्र सेन ठकुरीले १२ हजार पाँच सय ९९ तथा जनमत पार्टीका गुलावप्रसाद चौधरीले पाँच हजार नौ सय ४४ मत प्राप्त गरे । यहाँ एक लाख १८ हजार दुई सय ५० मतदाता रहेकामा ८४ हजार तीन सय ३५ जनाले मतदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस