aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

बारा–१ मा पूर्वमन्त्री चौधरीलाई पराजित गर्दै एमालेका मैनाली विजयी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०९ मंसिर २०७९
बारा–१ मा पूर्वमन्त्री चौधरीलाई पराजित गर्दै एमालेका मैनाली विजयी

काठमाडौं । बारा क्षेत्र नम्बर १ बाट नेकपा (एमाले) का अच्युतप्रसाद मैनाली विजयी भएका छन् । नेपाली कांग्रेसका उमाकान्त चौधरीलाई ९ हजारभन्दा धेरै मतान्तरले पराजित गर्दै मैनाली प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन् ।

पछिल्लो मत परिणामअनुसार एमालेका मैनालीले ३९ हजार १९५ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका उमाकान्त चौधरीले ३० हजार ५६ मत प्राप्त गरेका छन् ।

यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश धिमालले ३ हजार ३१९ मत ल्याउँदा राप्रपाका भक्तबहादुर दर्लामीले १ हजार ७९२ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस