aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

प्रधानमन्त्रीका अर्का क्यानडिडेटले पनि चुनाव जिते

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०९ मंसिर २०७९
प्रधानमन्त्रीका अर्का क्यानडिडेटले पनि चुनाव जिते

काठमाडौं । नेपाली काँग्रेसका नेता डा शेखर कोइरालले मोरङ ६ बाट निर्वाचित भएका छन् । उनी नेकपा एमालेका नेता लालबाबु पण्डितसँग १२ हजार २ सय ८६ मतान्तरले विजयी भएका हुन । उनले ३५ हजार २ सय १८ मत ल्याउदा पण्डितले  २२ हजार ९ सय ३२ मत ल्याएका छन् । 

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी यादव कुमार प्रधानले ८ हजार ५ सय ३१ मत पाएका छन् । मोरङ ६ मा कुल ८० हजार ४ सय १७ मत खसेको थियो । नेपाली काँग्रेसका वरिष्ठ नेता समेत रहेका डा. कोइराला अब बन्ने नयाँ सरकारमा प्रधानमन्त्रीका दावेदार समेत हुन । 

प्रतिक्रिया दिनुहोस