काठमाडौं । दाङको निर्वाचन क्षेत्र नं. १ बाट नेकपा (एकीकृत समाजवादी)का मेटमणि चौधरी दोस्रोपटक सांसद निर्वाचित भएका छन् । नेकपा एमालेकी शान्ता चौधरीलाई पाँच हजार मतान्तरले पछि पार्दै चौधरी प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन् ।
शहरी विकासमन्त्रीसमेत रहेका चौधरीले २६ हजार ५६३ मत प्राप्त गरे उनकी प्रतिस्पर्धी शान्ताले २१ हजार ४७९ मत पाइन् ।
प्रतिक्रिया दिनुहोस