aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

गुम्दैछ सेयर लगानीकर्ताको आत्मबल

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १० भदौ २०७६
गुम्दैछ सेयर लगानीकर्ताको आत्मबल

काठमाडौं । तीन वर्षयता सेयर बजारका १५ लाख ६० हजार लगानीकर्ताको सम्पत्ति ५ खर्ब ३५ अर्ब रुपैयाँले घटेको छ।

१२ साउन २०७३ मा नेपाली सेयर बजारको आकार २० खर्ब ७१ अर्ब रुपैयाँको थियो जुन आइतबार बजार बन्द हुँदासम्म १५ खर्ब ३६ अर्बमा झरेको छ।

विश्लेषकले अझै एक वर्ष सेयर बजारको ओरालो गति नरोकिने बताएका छन्। यसले गर्दा सेयर लगानीकर्ता हतोत्साही हुन थालेको सेयर दलालको संस्था स्टक ब्रोकर्स एसोसिएसनका पूर्वअध्यक्ष अन्जनराज पौड्याल बताउँछन्। निरन्तर घट्दै गएको कारोबारको ग्राफले सेयरमा लगानी गर्नेलाई हैरान पारेको छ। तीन वर्षदेखि ओरालो लागेको बजारमा अब धेरै लगानीकर्ताले थेग्न नसक्ने परिस्थिति बनेको सेयर लगानीकर्ता एवं विश्लेषक प्रकाश तिवारी बताउँछन्।

'बैंक र सहकारीबाट ऋण लिएर सेयर किनेकाले अब थेग्न सक्ने अवस्था छैनु' उनी भन्छन्, 'कम्तीमा अबको डेढ वर्ष सेयरबजारमा पैसा हुनेले दुहुनो भैसी छानेर किन्ने मौका पाउँछ।' लगानीकर्ताको सम्पत्ति खुम्चिँदै जाँदा बजारमा पैसा अभाव चर्किएको उनले बताए।

दुई वर्षअघि ५० लाख रुपैयाँ तत्कालै निकाल्न सक्ने मान्छेसँग अहिले ५ लाख पनि लगानी गर्ने सामर्थ्य नभएको उनले बताए। सेयरको मूल्य बढेका कारण पुँजीगत लाभ लिएर जीवनस्तर उकासेका लगानीकर्तासमेत अहिले असहज अवस्थामा देखिएका छन्। यो समाचार आजको अन्नपूण पोष्टमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस