काठमाडौं । कास्की क्षेत्र नं ३ बाट एमालेका उम्मेदवार दामोदर पौडेल बैरागी विजयी भएका छन् । मतगणनाको अन्तिम मतपरिणामअनुसार पौडेलले नेकपा माओवादी केन्द्रका उम्मेदवार रामजीप्रसाद बराललाई ५ हजार ४४५ मतान्तरले पराजित गरेका हुन् ।
पौडेलले २२ हजार ९८० मत प्राप्त गर्दा निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवार बरालले १७ हजार ५३५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस