काठमाडौं । कञ्चनपुरको निर्वाचन क्षेत्र नं. १ मा नेकपा एमालेका उमेदवार तारालामा तामाङ विजयी भएका छन् । लामाले बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार माओवादी केन्द्रकी उम्मेदवार बिना मगरलाई ५ हजार ५ सय ४२ मत अन्तरले पराजित गरेर विजयी भएका हुन् ।
लामाले २४ हजार ८९२ मत प्राप्त गर्दा मगरले १९ हजार ३४४ मत प्राप्त गरिन् । यस्तै नागरिक उन्मुक्ति पार्टीका नन्द कुमार रानाले ८ हजार ६५९, राष्ट्रिय प्रजातन्त्र पार्टीका दिल्लीबहादुर शाहीले ३ हजार ५३० र राष्ट्रिय स्वतन्त्र पार्टीका देवराज जोशीले १ हजार ९०६ मत प्राप्त गरे ।
बिना मगर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारीसमेत हुन् ।
प्रतिक्रिया दिनुहोस