काठमाडौं । पाँचथरबाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले)का बसन्तकुमार नेम्बाङ विजयी भएका छन् । सत्ता गठबन्धनको तर्फबाट साझा उम्मेदवार रहेका नेपाली कांग्रेसका भीष्मराज आङ्देम्बेलाई पराजित गरी नेम्बाङ विजयी भएका हुन् ।
अन्तिम मत परिणाम अनुसार नेम्बाङले ३२ हजार ११० मत ल्याएर विजयी भएका छन् भने कांग्रेसका आङ्देम्बेले ३२ हजार ६३ मत ल्याएर दोश्रो स्थानमा रहेका छन् । नेम्बाङ जम्मा ४७ मतको अग्रता लिएर विजयी भएका हुन् ।
यहाँ जम्मा ७५ हजार ३५२ मत खसेको थियो ।
प्रतिक्रिया दिनुहोस