काठमाडौं । काभ्रे क्षेत्र नं १ को प्रदेशसभा (ख)मा प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार तीर्थ लामा विजयी भएका छन् । अन्तिम मतपरिणाम अनुसार उनले निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का चन्द्र लामालाई ३ मतले पराजित गरेका हुन् ।
कांग्रेसका तीर्थले १९ हजार दुई सय ८० र एमालेका नेता चन्द्रले १९ हजार दुई सय ७७ मत प्राप्त गरेका छन् । यस क्षेत्रमा नौ जना उम्मेदवार प्रतिस्पर्धा भएका मुख्य निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस