aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

अब काठमाडौँ बाट सिलिगुडी बस

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १० भदौ २०७६
अब काठमाडौँ बाट सिलिगुडी बस

काठमाडौँ । कपन संयुक्त यातायातले नेपाल-भारत मैत्री बस सेवा क्रस बोर्डर मार्ग काठमाडौँ-सिलिगुडी सेवा सुरु गरेको छ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीको उपस्थितिमा सोमबार बस सेवाको शुभारम्भ गरेका हुन्।


काठमाडौँ(सिलिगुडी बस सेवा नेपाल भ्रमण वर्ष २०२० का लागि पनि सहयोगी हुने मन्त्री महासेठको भनाइ छ।

दार्जिलिङ सिलिगुडी र नेपालीबीच सांस्कृतिक सम्बन्ध छ।
यो बस सेवाले त्यो कडोलाई जोड्न मद्दत पुयाउँछु, महासेठले भने, 'यसले भारतीय पर्यटकलाई सस्तो भाडामा नेपाल भ्रमण गर्ने वातावरण सिर्जना गर्छ।'

यातायातको क्षेत्रमा सिन्डिकेटको अन्त्य भइसकेकाले सरकार र व्यवसायी सहकार्य गरेर अघि बढ्नु पर्ने उनले बताए । व्यवसायीलाई आवश्यक परेको बखत सहयोग गर्न सरकार सधैं तयार भएको पनि उनले जिकिर गरे ।

यातायातले चार वटाबसमार्फत सेवा दिनेछ । एकतर्फी यात्राको भाडा दर दुई हजार रुपैयाँ तोकिएको समाचार आजको अन्नपूर्ण पोष्टमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस