aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

मोरङ ४ बाट माओवादीका मोदी निर्वाचित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०९ मंसिर २०७९
मोरङ ४ बाट माओवादीका मोदी निर्वाचित

मोरङ । मोरङ निर्वाचन क्षेत्र नं ४ बाट प्रतिनिधिसभामा नेकपा (माओवादी) का अमनलाल मोदी ३० हजार छ सय १२ मत प्राप्त गरी विजयी भएका छन्  । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का विनोद ढकाल २४ हजार चार सय ६३ मत प्राप्त गरेका हुन् ।

त्यसैगरी गत आइबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको पछिल्लो मतपरिणामअनुसार मोरङ ४ ९२०बाट नेपाली कांग्रेसका भीम पराजुली ११ हजार चार सय ७९ मत प्राप्त गरी विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा ९एमाले०का जीवन घिमिरे नौ हजार छ सय ९१ मत प्राप्त गरेको निर्वाचन अधिकृत मणिराम पोखरेलले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस