aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०९ मंसिर २०७९
जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका ७ चाबहिल बस्ने ४५ वर्षीय माधव लाल श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा चितवन घर भई काठमाडौं महानगरपालिका ७ चाबहिल बस्ने २८ वर्षीय रमेश घिमिरे लगायत ८ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

विशेष सूचनाको आधारमा प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६४ हजार ५ सय २९ रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
 

प्रतिक्रिया दिनुहोस