aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

कपिलवस्तुको प्रदेशसभा २ मा राप्रपा विजयी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०९ मंसिर २०७९
कपिलवस्तुको प्रदेशसभा २ मा राप्रपा विजयी

काठमाडौं । कपिलवस्तु प्रतिनिधिसभा क्षेत्र नं ३ को प्रदेशसभा २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार जानकीप्रसाद यादव विजयी भएका छन् । यादवले आठ हजार पाँच सय ८२ मत प्राप्त गरि निर्वाचित हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

बिहीबार राति सकिएको मतगणनामा यादवले नेकपा एमालेका उम्मेदवार रजाउर्रहमान खाँलाई छ सय ७५ मतले पराजित गरेका हुन् । यादवले आठ हजार पाँच सय ८२ मत पाउँदा खाँले सात हजार नौ सय सात मत प्राप्त गरेका छन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार निर्वाचनमा ३५ हजार छ सय ३४ मत खसेकोमा दुई हजार ७० मत बदर भएको थियो ।

प्रतिक्रिया दिनुहोस