काठमाडौं । सरकारले उत्कृष्ट व्यावसायिक सोच भएका, आविष्कारकर्ता र उद्यशीलता भएका व्यक्तिका लागि ऋण या अनुदानका रूपमा बीउ पुँजी प्रदान गर्न छुट्टै कोष सञ्चालन गर्ने भएको छ। यो योजनाअनुसार त्यस्ता व्यक्तिलाई कोषमार्फत व्यवसाय सुरुवगर्न बीउ पुँजी उपलब्ध गराइनेछ।
कोष स्थापना तथा सञ्चालन गर्न सरकारले निर्देशिका बनाइरहेको अर्थ मन्त्रालयका सहसचिव उदयराज सापकोटाले जानकारी दिए। ुयो योजना पहिला पनि आएको हो। तर कार्यान्वयनमा जान सकेनु, उनले भने, 'अब हामी फरक ढंगले कोषको सञ्चालन गर्ने तयारीमा छौं।' सुरुवाती कोष निर्देशिका, २०७६ नाम दिइएको यो निर्देशिकाको मस्यौदा अन्तिम चरणमा पुगेको उनले जानकारी दिए। यो निर्देशिका मन्त्रिपरिषद्ले अनुमोदन गरेपछि कार्यान्वयनमा आउनेछ।
यसअघि २०७४ जेठ १९ मा तत्कालीन मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयद्वारा प्रस्तावित निर्देशिका आर्थिक तथा पूर्वाधार समितिमा छलफल गरी स्वीकृत गर्ने निर्णय गरेको थियो। कोषमा सरकार, गैरआवासीय नेपालीबाट प्राप्त रकम, स्वदेशी संघ, संस्था वा व्यक्तिबाट प्राप्त रकम रहनेछ। यो समाचार आजको अन्नपुर्ण पोष्टमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस