काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री । योगेश भट्टराईले १ सय ४१ बँदे कार्ययोजना सावर्जनिक गरेका छन् । सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री भट्टराईले चालू आर्थिक वर्षभित्र मन्त्रालय मातहतका निकायले गर्नुपर्ने कार्यसम्पादनको सूची सार्वजनिक गरेका हुन् ।
७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई आन्तरिक उडानको हवाई भाडामा ५० प्रतिशत छुट दिने गरी सरोकारवालासँग छलफल गरी कार्यान्वयनमा ल्याउने मन्त्रालयले जनाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २४ घण्टा सञ्चालनमा ल्याउने, जनशक्ति उत्पादनका लागि फ्लाइङ स्कुल सञ्चालनका लागि सम्भाव्यता अध्ययन गर्नेलगायतका योजना मन्त्री भट्टराईले सार्वजनिक गरेका छन् ।
सबै प्रदेशका राजधानी जोडिनेगरी अन्तरप्रदेश हवाई सेवा विस्तार गर्न प्रोत्साहन गर्ने, निमार्णाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य २०१९ डिसेम्बरभित्र सम्पन्न गर्ने तथा तीन महिनाभित्र परीक्षण उडान गरी व्यावसायिक उडानको पूर्वतयारी गर्ने योजनामा उल्लेख छ। यस्तै, उक्त विमानस्थलमा उडान गर्ने हवाई कम्पनीलाई प्रोत्साहन गर्न आवश्यक प्याकेज ल्याउने योजना योजनामा उल्लेख भएको खबर आजको कारोबार दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस