aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

एमालेले समानुपातिकमा १७ लाख कटाउदा अरु कुन दलले कति ल्याए ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १० मंसिर २०७९
एमालेले समानुपातिकमा १७ लाख कटाउदा अरु कुन दलले कति ल्याए ?

काठमाडौं । गएको आइतबार सम्पन्न आम निर्वाचन अन्तर्गत जारी प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीमा अहिलेसम्म नेकपा (एमाले)ले सबैभन्दा बढी मत ल्याएको छ । एमालेले १७ लाखभन्दा बढी मत ल्याउँदा नेपाली कांग्रेसले दोश्रो स्थान हासिल गरेको छ । 

हालसम्म एमालेले १७ हजार ३६ मत पाएको छ भने  कांग्रेसले १६ लाख ३२ हजार छ सय ६४ मत प्राप्त गरेको छ ।

घण्टी चिह्न भएको राष्ट्रिय स्वतन्त्र पार्टीले ७ लाख ४५ हजार पाँच सय ६१ मत प्राप्त गरेको छ भने नेकपा (माओवादी केन्द्र) ले अहिलेसम्म ७ लाख १९ हजार ३ सय ७२ मत प्राप्त गरेको छ ।

त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ३ लाख ७८ हजार दुई सय ३३, जनता समाजवादी पार्टी (जसपा) ले २ लाख ४ हजार ७ सय २४, नेकपा (एकीकृत समाजवादी) ले १ लाख ४८ हजार २ सय १७ र नागरिक उन्मुक्ति पार्टीले १ लाख लाख ३३ हजार ५ सय ४ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस