aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

सिरहा–२ मा राजकिशोर यादव विजयी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १० मंसिर २०७९
सिरहा–२ मा राजकिशोर यादव विजयी

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार तथा पूर्व उद्योगमन्त्री राजकिशोर यादव निर्वाचित भएका छन । यादवले नेपाली कांग्रेसकी नेत्री चित्रलेखा यादवलाई पराजित गर्दै सिरहा–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका  हुन । 
 
निर्वाचन आयोगका अनुसार राजकिशोरले २४ हजार १७८ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी चित्रलेखाले २३ हजार २८ मत पाएका छन । उनहरू बीचमा एक हजार एक सय ५० मतान्तर रहेको छ । त्यसैगरी जनमत पार्टीका उम्मेदवार विनोदकुमार यादव १६ हजार नौ सय दुई मत प्राप्त गरी तेस्रो हुनुभएको छ । सिरहा निर्वाचन क्षेत्र नं–२ मा प्रतिनिधिसभा सदस्यको निम्ति २४ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका थिए । 

प्रतिक्रिया दिनुहोस