aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

नुवाकोट–२ मा कांग्रेसका केसीले घण्टीको सामना गर्दै जिते चुनाव

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १० मंसिर २०७९
नुवाकोट–२ मा कांग्रेसका केसीले घण्टीको सामना गर्दै जिते चुनाव

काठमाडौं । नुवाकोट क्षेत्र नं. २ मा नेपाली कांग्रेसका अर्जुननरसिंह केसी विजयी भएका छन् । उनी २८ हजार १०७ मतसहित प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन् ।

उनका प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका सुमनविक्रम पाण्डेले १६ हजार ४७७ ल्याए । नेकपा एमालेका नारायणप्रसाद खतिवडाले १५ हजार ५६१ प्राप्त गरे ।

यसअघि २०७४ को निर्वाचनमा एमालेका उम्मेदवार खतिवडासँग १० हजार मतान्तरले पराजित भएका केसी यो पटक खतिवडाभन्दा १२ हजार ५६४ मतान्तरले निर्वाचित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस