aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

चितवन–३ मा राप्रपाका विक्रम पाण्डे विजयी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १० मंसिर २०७९
चितवन–३ मा राप्रपाका विक्रम पाण्डे विजयी

चितवन । चितवन क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष विक्रम पाण्डे विजयी भएका छन् । पाण्डे नेकपा माओवादी केन्द्रका डा. भोजराज अधिकारीलाई ९ हजार २३३ मतान्तरले पछि पार्दै  विजयी भएका हुन् ।

पाण्डेले ३५ हजार ५५ मत प्राप्त गर्दा अधिकारीले २५ हजार ८२२ मत ल्याए । राष्ट्रिय स्वतन्त्र पार्टीकी जीता बरालले १४ हजार ८४२ मत ल्याइन् । स्वतन्त्र उम्मेदवार दिनेश कोइरालाले १२ हजार २७५ मत प्राप्त गरे । यो क्षेत्रमा ९४ हजार २८० मत खसेको थियो ।     
 

प्रतिक्रिया दिनुहोस