काठमाडौं । भारतीय सुरक्षा निकायले सीमा क्षेत्रमा नेपाललाई पुल बनाउन अवरोध गरेको छ। सबै प्रक्रिया पूरा गरी सीमा क्षेत्रमा निर्माण गर्न लागेको पुल भारतीय पक्षको अवरोधका कारण अलपत्र छ।
धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–६ स्थित सानो सीमा स्तम्भ २८७/२१ देखि दक्षिण–पूर्व र मुख्य सीमा स्तम्भ २८८ देखि ४ सय ५० मिटर उतर–पूर्वमा जमुनि नदीको ४० मिटर लम्बाइको पुल निर्माणमा भारतीय सीमा सुरक्षा बल ९एसएसबी०ले रोकेको हो। मुखियापट्टी मुसहरनियालाई भारतको व्यापारी केन्द्र साहरघाट जोड्ने पुल निर्माणमा एसएसबीले अवरोध गर्दा निर्माण अन्यौल परेको छ।
सडक डिभिजन कार्यालय जनकपुरको ८ करोड ४९ लाखको लागतमा पुल निर्माण गर्न टेण्डर आह्वान गरिएको थियो। टेण्डर रमण कमल जेभी कन्ट्रक्सनले पारेको थियो।
भारतीय पक्षले चेक पोस्ट बनाउने विषयमा विवाद बढेपछि नापी विभाग काठमाडौंका प्रमुख नापी अधिकृतसहितको टोलीले विवादित क्षेत्रमा पुगेर अवलोकन गर्दा दशगजाभन्दा पूर्व र जमुनी पुलको दक्षिणपूर्वको २८४/३५ र दक्षिण पश्चिमतिरको रिफ्रेन्स पिलर एसपी ५१ बीचको २ सय ८५ नम्बर स्तम्भ हराएको पाएको थियो । भारतीय पक्षले चेकपोस्ट बनाउने विषयमा विवाद बढेपछि नापी विभाग काठमाडौंका प्रमुख नापी अधिकृतसहितको टोलीले स्थलगत अवलोकन गरेको थियो।
त्यस क्रममा दसगजाभन्दा पूर्व र जमुनी पुलको दक्षिणपूर्वको २८४/३५ र दक्षिण पश्चिमतिरको रिफ्रेन्स पिलर एसपी ५१ बीचको २ सय ८५ नम्बर स्तम्भ हराएको पाइएको थियो।
प्रमुख नापी अधिकृत रमेश ज्ञवाली र नापी अधिकृत निर्मल कोइरालाको टोलीले धनुषाको जटही र भारतको पिपरौन जोड्ने दसगजा क्षेत्रको २ सय ८५ नम्बर स्तम्भ हराएको पाएको हो।
प्रमुख नापी अधिकृत ज्ञवालीले सीमास्तम्भको 'पोजिस्निङ' अध्ययनपछि मात्रै पुल निर्माणाधीन दशगजामा पर्नेरनपर्ने यकिन हुने बताए । यो खबर आजको अन्नपुर्ण पोष्टमा छापिएको छ ।
प्रतिक्रिया दिनुहोस