aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

पूर्वस्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई दोब्बर मतान्तरले हराउदै शर्मा विजयी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १० मंसिर २०७९
पूर्वस्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई दोब्बर मतान्तरले हराउदै शर्मा विजयी

काठमाडौं । मोरङ क्षेत्र नं. ३ मा नेपाली कांग्रेसका डा. सुनिलकुमार शर्मा २२ हजार ७३६ मतान्तरले विजयी भएका छन् । 

एमाले पोलिटब्यूरो सदस्य एवं पूर्वमन्त्री भानुभक्त ढकाललाई करिब दोब्बर बढी मतले पराजित गरी शर्मा पहिलोपटक प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन् ।

शर्माले ४८ हजार ६३१ मत प्राप्त गरे । ढकालले २५ हजार ८९५ मत प्राप्त गरे । यसअघि २०७४ मा शर्मा ढकालसँग एक हजार ९०७ मतान्तरले  पराजित भएका थिए ।

प्रतिक्रिया दिनुहोस