काठमाडौं । नेकपा (एमाले)ले टिकट नदिएपछि पार्टी नै परित्याग गरेर स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भुसाल पराजित भएका छन् । उनलाई सत्ता गठबन्धनको समर्थन रहेपनि चुनावी नतिजा भने प्रतिकूल आएको हो ।
भुसाललाई आफ्नै पूर्वसहकर्मी एमालेका सचिव छविलाल विश्वकर्माले पराजित गरेका हुन् । विश्वकर्माले २४ हजार ८७२ मत प्राप्त गरे भने पराजित भुसालले २१ हजार ३०८ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस