aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

मेडिकल कलेज सञ्चालक डा. शर्मा मोरङ ३ बाट निर्वाचित, रेखा थापा तेस्रो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १० मंसिर २०७९
मेडिकल कलेज सञ्चालक डा. शर्मा मोरङ ३ बाट निर्वाचित, रेखा थापा तेस्रो

मोरङ । नोबेल मेडिकल कलेजका सञ्चालक डा. सुनिलकुमार शर्मा मोरङको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका छन् । एमाले उम्मेदवार तथा पूर्व स्थास्थ्यमन्त्री भानुभक्त ढकाललाई फराकिलो मतान्तरले पराजित गर्दै डा. शर्मा विजयी भएका हुन् ।

२०७४ सालको निर्वाचनमा ढकालले नै डा. शर्मालाई पराजित गरेका थिए ।नाकियका रेखा थापा तेस्रो भएकी छिन् ।  डा.शर्माले ४८ हजार ६३१ मत ल्याएर विजयी हुँदा ढकालले २५ हजार ८९५ मत मात्रै पाए ।  राप्रपाबाट उम्मेदवार बनेकी थापाले १० हजार ९८८ मत ल्याएर तेस्रो भइन् ।

प्रतिक्रिया दिनुहोस