aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

भूमि विधेयकबाट जमिनदारलाई फाईदा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १० भदौ २०७६
भूमि विधेयकबाट जमिनदारलाई फाईदा

काठमाडौं । सरकारले हदभन्दा बढी जग्गा ओगटने व्यवसायी लाभान्वित हुने गरी कानुन ल्याउन लागेको छ । 

विभिन्न उद्योग प्रतिष्ठान, कम्पनी र संस्थाका नाममा हदभन्दा बढी जग्गा ओगट्नेलाई प्रत्यक्ष फाइदा पुग्ने गरी कानुन संशोधन गर्न लागिएको हो । 

प्रतिनिधिसभाबाट पारित भई राष्ट्रिय सभामा विचाराधिन भूमिसम्बन्धी (आठौं संशोधन) विधेयकमा एक पटकका लागि हदभन्दा बढी जग्गा राख्न पाउने र त्यस्तो जग्गा बिक्रीवितरण गर्न दिने प्रावधान छ । 

राष्ट्रिय सभाले विधेयक हुबहु पारित गरेमा घुमाउरो बाटोबाट जग्गा ओगट्दै आएका व्यवसायी तथा जमिनदार प्रत्यक्ष लाभान्वित हुनेछन् । 

लाभान्विन हुनेको संख्या पहाड र हिमालमा भन्दा तराईमा बढी छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस