काठमाडौं । नेपाल मेडिकल काउन्सिलले मंसिर ९ गते ४७८ जना विशेषज्ञ प्रमाणपत्रका दिएको परिक्षामा ३५३ जना मात्र पास भएका छन् । यस परिक्षामा १२२ जना अनुत्तिर्ण र एक जनाको नतिजा रोक्का भएकाले ७४.१६ प्रतिशत मात्र पास भएका हुन ।
२०७९ साउनमा सञ्चालन भएको विशेषज्ञ दर्ता प्रमाणपत्र परिक्षामा ६८.६ प्रतिशत सहभागी उत्तिर्ण भएका थिए । परिक्षाको नतिजा चित्त नबुझेमा ३५ दिनभित्र पूनर्योगका लागि १५०० दस्तुर बुझाए आफ्नो नतिजा पूनर्योग गर्न सकिने काउन्सिले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस